Like us!
Follow us!
Connect us!
Watch us!

के हो म्युचुअल फन्ड ?

शुक्रबार, २० फागुन २०७३, ११ : ३३ मा प्रकाशित

के हो म्युचुअल फन्ड ?

अर्थ संसार

काठमाडौं–सामूहिक लगानी योजना (म्युचुअल फन्ड) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागीता रहने गरी परिचालन गरिएको लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएका प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा त्यस्तै प्रकारको अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम भन्ने बुझिन्छ ।

धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यावसायिक व्यवस्थापकको ज्ञान तथा अनुभव ९जुन व्यक्तिगत लगानीकर्तामा नहुन सक्छ०को अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।

म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुदैन । लगानीकर्ताले आफुँसंग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन र किन्न पनि सक्छन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।

म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन ।

स्रोतः नेप्से

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको