Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १२ : ३० मा प्रकाशित

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

अर्थ संसार, काठमाडौं –  एन आई सी एशिया बैंकले वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई  २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । अझै आधुनिक र प्रतिस्पर्धी सेवा दिनका लागी सपोर्ट सेवा सञ्चालनमा ल्याइएकाे बैंकले जनाएकाे छ । वर्षको ३६५ दिन नै र २४ सै घण्टा ग्राहकको सम्पर्कमा रहेर आवश्यक सूचनाहरु उपलब्ध गराउने बैंकले जनाएकाे छ ।

यसैगरी, उक्त सेवाको प्रयोग गर्नका लागि सेवाग्राहीहरूले बैंकको आधिकारिक वेबसाइट  www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गर्नुपर्नेछ । यसका साथै,   [email protected]  मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरू सँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरू राख्न सकिनेछ ।

यस सेवाको माध्यमबाट ग्राहक महानुभावहरूले बैंकलाई दिएका सुझाव तथा गुनासोहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरूमा विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकको हाल मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग रहेकाे छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको