Like us!
Follow us!
Connect us!
Watch us!

अब पालाे मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने : सघर्ष समिति

सराेज खनाल

बुधबार, २३ पुस २०७६, १३ : ५७ मा प्रकाशित

अब पालाे मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने : सघर्ष समिति

अर्थ संसार, काठमाडौं – चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । आज रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन् । 

‘शुल्क फिर्ता नगरे कठोर आर्थिक नाकाबन्दील गाउनेछौं,’ चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ ।’ आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमा वा पूरा नगरेमा कठोर निर्णय लिन वाध्य हुने उनको चेतावनी थियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्नलागेको उनको भनाई थियो । 

चन्दले चिकित्सा शिक्षामा चरम लुट, भ्रष्टाचार र कालो बजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्तट गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँ उचाईमा पु¥याइने बताए । आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो । माफियासंग लड्न सडकबाट बलिदान समेत दिनतयार रहेको उनले बताए । उनले भने ‘न्याय नपाए सम्म हामीले गरेको आन्दोलन रोकिने छैन् ।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए ।

पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामारोक लगाउने बताए । उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धित निकाय सम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षा माफिया मुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘सरकारले खुल्ला रुपमा भन्नुपर्यो कि हामी माफियालाई साथ दिन्छौं ।’ राज्य लगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए ।

संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन् । पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन् । उनले भनिन्,‘मंसिर १० बाट मन्त्री परिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य कार्यवान्यन भएको छैन् ।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न माग गरिन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ता खानु परेको उल्लेख गरिन् ।

मेडिकल कलेजका विद्यार्थी सुक्रान्त पौडेलले पाँच महिना देखि जारी आन्दोलनले कुनै निष्कर्ष नआएकोले आन्दोलनको स्वरुप बदलेको बताए । सरकारले मेडिकल माफियाहरुलाई न्यायको कठघरामा ल्याउन नसकेको भन्दै आन्दोलनको स्वरुप बदल्न वाध्य भएको बताए । उनले भने,‘एम बिबि एस र बि डि एसलाई मात्र सरिकारले सम्वोधन गरेको उल्लेख गर्दै सरेकारवालाहरु माफियासंग टेबल मुनिबाट पैसा लिएको आरोप लगाए । उनले भने,‘सरकारलाई सबै कुरा थाहा हुँदा पनि केही कदम चालेन ।’

कार्यक्रममा अभिभावक महेश अधिकारीले एतिहासिक आन्दोलनले सरकारले केही गर्न नसकेको गुनासो पोखे । अभिभावकलाई अतिरिक्त शुल्कको चापमा अझै राखिएको उनको भनाई थियो । सरकारले कारबाही गर्छु भन्दा पनि केही गर्न नसकेको बताए । शुल्क फिर्ता नभएसम्म अब तिर्नुपर्ने कुनै पनि शुल्क नतिर्ने उनको भनाई थियो ।आफूहरुको माग सम्बोध नगर्ने गरी वार्ता राम्रोसंग भए कलेज खुलाउन तयार रहेको बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको