Like us!
Follow us!
Connect us!
Watch us!

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान

अर्थ संसार

बुधबार, २३ पुस २०७६, ०९ : ०१ मा प्रकाशित

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान

अर्थ संसार भक्तपुर-भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ ।

गरीब र इमानदार  ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा  ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी  नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो ।

कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्मको रकम  वितरण गर्दै आएको जानकारी दिनुभयो । नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ । 

नगरपालिकाले गत आव २०७५/७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको