Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे आगामी ३ महिनाको भावी योजना

निशा हुमाँगाई

मंगलबार, २२ पुस २०७६, १७ : ११ मा प्रकाशित

यस्ताे छ  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे आगामी ३ महिनाको भावी योजना

अर्थ संसार, काठमाडौं – नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी ३ महिनाको अवधिमा गरिने कार्यहरु सार्वजनिक गरेकाे छ ।

उक्त कार्यहरु तल उल्लेख गरिएकाे छ :  

१. रोजगारीमूलक सीप विकास तालिम प्रदान गर्न निजी क्षेत्रसँगको साझेदारीमा कार्यास्थलमा आधारित एप्रेन्टिसिप तालिम ( Apprenticeship Training ) कार्यक्रम सञ्चालन गरिनेछ ।

२. राष्ट्रिय स्तरमा सीप प्रवद्र्धनका लागि सीप विकास तालिममा संलग्न सरोकारवालाहरुको सहभागितामा सीप प्रदर्शनी/प्रतिस्पर्धा कार्यक्रम (Skill Exhibition/Competition Program) सञ्चालन गरिनेछ ।

३. व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन सम्बन्धमा एकिकृत नीतिको प्रारुप तयार गरिनेछ ।

४. वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएका र मृत्यु भएका व्यक्तिको हकवालाले स्थानीय स्तरबाटै सुविधा पाउने व्यवस्था गरिनेछ ।

५. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुको दुर्घटना बीमा गरिनेछ ।

६. चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहहरुबाट रोजगार आयोजना सञ्चालनमा ल्याइनेछ।

७. स्थानीय तहबाट सञ्चालन हुने रोजगार आयोजनाहरुको प्रभावकारी अनुगमन गरिनेछ । संघ तथा सातवटै प्रदेशहरुमा रोजगारीका सम्भावनाहरुको पहिचान गर्न अध्ययन गरिनेछ ।

८. कृषि क्षेत्रमा रहेका श्रमिकहरुको अवस्था पहिचान गरी उनीहरुको हक/हित प्रवद्र्धन एवम्  उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विधि एवम् प्रकृयाका सम्बन्धमा अध्ययन गरिनेछ ।

९. श्रम सम्बन्धको विद्यमान अवस्था तथा आगामी दिनमा असल श्रम सम्बन्ध निर्माणका लागि अवलम्बन गरिनुपर्ने उपायहरुबारे अध्ययन गरिनेछ ।

१०. औद्योगिक करिडोर लगायत मुलुकका विभिन्न स्थानमा त्रिपक्षीय सहभागितामा सामाजिक संवाद सञ्चालन गरिनेछ ।

११. एकिकृत निरीक्षण ढाँचाको आधारमा बालश्रम, व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्य,  न्यूतम पारिश्रमिक भुक्तानी लगायत श्रम ऐन नियमको परिपालना भए नभएको सम्बन्धमा  एक हजार (१०००) वटा उद्योग/प्रतिष्ठानहरुको अनुगमन तथा निरिक्षण गरिनेछ ।

१२. वैदेशिक रोजगार विभागका सबै अभिलेखहरुको विद्युतीय अभिलेखांकन  गरिनेछ ।

१३. विदेशस्थित कूटनैतिक नियोगबाट पुनस् श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ ।

१४. बीमा र कल्याणकारी कोष वापतको रकम अनलाइन प्रणाली मार्फत बुझाउने व्यवस्था गरिनेछ ।

१५. दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानविन प्रकृया सम्पन्न गरिनेछ ।

१६. थप दश हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निस्शुल्क सीप तालिम प्रदान गरिनेछ ।

१७. वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनर्एकिकरण कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।

१८. राष्ट्रिय आप्रवासन स्रोत केन्द्र मार्फत ३९ जिल्लामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान गरिनेछ ।

१९. द्विपक्षीय श्रम सम्झौता/समझदारीको नमूना दस्तावेज तयार गरिनेछ ।

२०. ओमानसँग द्विपक्षीय श्रम समझदारी गरिनेछ ।

२१. वैदेशिक रोजगार सूचना प्रणाली ( FEMIS) मा सरोकारवालाहरुको आवद्धता बढाउन थप परिमार्जन र परिष्कृत गरिनेछ ।

२२. गन्तव्य मुलुकहरुमा सञ्चालन गरिएका सुरक्षित गृहहरुलाई स्तरोन्नती गरिनेछ । अन्य गन्तव्य मुलुकहरुमा सुरक्षित गृह खोल्न ती देशका राजदुतावासहरुसँग समन्वय गरिनेछ ।

२३. बढी भन्दा बढी रोजगारदाता र श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक सञ्चार सहित औद्योगिक करिडोरहरुमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

२४. आगामी तीन महिनमा १५ हजार रोजगारदाता र थप १ लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराइनेछ ।

२५. आर्थिक क्षेत्रका आधारमा उद्योग प्रतिष्ठानहरुको वर्गीकरण गरी रोजगारदाता र श्रमिक समेतको सहभागितामा १२ वटा त्रिपक्षीय अन्तक्र्रिया एवम् सामाजिक संवादका कार्यक्रम सञ्चालन गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको