Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री फेरिने कुरा हल्ला मात्रै:नेकपा महासचिव विष्णु पौडेल

अर्थ संसार

मंगलबार, २२ पुस २०७६, ०९ : १३ मा प्रकाशित

अर्थमन्त्री फेरिने कुरा हल्ला मात्रै:नेकपा महासचिव विष्णु पौडेल

अर्थ संसार,काठमाडौं -अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने विषय विशुद्ध हल्ला मात्रै भएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् ।

नेकपा महासचिव विष्णु पौडेल भन्छन्- ' पार्टीभित्र यस किसिमको छलफल केही पनि भएको छैन । पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा खतिवडालाई उम्मेदवार नबनाउँदैमा उहाँ अर्थमन्त्रीबाट हट्ने भन्ने कुरा आउँदैन । उहाँ राष्ट्रिय सभामा राष्ट्रपतिबाट  मनोनीत भएर आउनुभएको हो । फेरि पनि सोही बाटोबाट उहाँ सांसद बन्ने सम्भावना अझै कायम छ । अर्थमन्त्री र सभामुख पद बाँडेर लिने विषय झन् असान्दर्भिक नै हो । '

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको