Like us!
Follow us!
Connect us!
Watch us!

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता

बुधबार, २३ पुस २०७६, ०७ : १८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – महिला लगानीकर्ता गोमा श्रेष्ठ (बानियाँ)  विगत ८ वर्षदेखि शेयर बजारमा सक्रिय छिन् ।  शुरुमा साधारणसभा शेयर (आइपिओ) बाट शेयरमा लगानी गर्न सुरु गरेकी श्रेष्ठ (बाँनीया) सँग अहिले १ सय भन्दा बढी कम्पनीको शेयर छ ।

उनले साधारण  शेयर र दोस्रो बजारबाट शेयर लगानी गर्दै आएकी छिन् । २ बच्चाकी आमा श्रेष्ठ (बाँनिया) लाई शेयर बजारमा लाग्न श्रीमानको ठूलो सहयोग र साथ रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)  १० देखि ३ बजेसम्म खुल्नु भनेको नेपालको शेयर बजार महिलामैत्री भएको श्रेष्ठ (बाँनिया) बताउँछिन् । यो ग्रिहिणी महिलाको लागि शेयर बजारमा लगानी गर्ने उपयुक्त समय हो श्रेष्ठ (बाँनिया) भन्छिन् ।

बिहान बुढा र बालबच्चालाई खाना खुवाएर स्कूल र अफिस पठाएपछि खाली भएको १० देखि ३ बजेसम्मको समय शेयर बजारमा लाग्ने र बेलुका ४ बजे पछि घरयासी काम समेत गर्न पाइने  श्रेष्ठ (बाँनिया) सुनाउँछिन् । ‘नव प्रवेशी महिलाहरुलाई शेयर बजारमा प्रवेश गर्ने उपयुक्त समय हो, महिलाहरुले दिन १ सय बचत गरेर पनि शेयर बजारमा लगानी गर्न सक्नुुहुन्छ , ठूलो रकम चाहिदैन्।’श्रेष्ठ (बाँनिया) बताउँछिन् ।

हेरौं,उहाँसँग गरिएको शेयर संवाद

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको