Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक व्यवस्थापन थप प्रभावकारी बन्दै

बुधबार, १८ फागुन २०७३, १८ : १७ मा प्रकाशित

ट्राफिक व्यवस्थापन थप प्रभावकारी बन्दै

अर्थ संसार 

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

आज महाशाखामा पद बहाली गर्दै महाशाखाका प्रमुख लामाले उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्न महाशाखामा कार्यरत कर्मचारीलाई निर्देशन दिएका हुन् । 

लामाले ट्राफिक नियमको उल्लङ्घन गर्ने प्रवृत्तिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल बन्दै गएको भन्दै यसलाई रोक्न सबै पक्षसँग आग्रहसमेत गरे । 

उनले भने, “उपत्यकामा अत्याधिक धुलोका कारण दैनिक धेरै ट्राफिक बिरामी परेकाले शतप्रतिशत धुलो छेक्ने मास्कको व्यवस्था गरिनेछ ।” उनले ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन अहिले उत्पन्न समस्यालाई हटाउन प्रयत्न गर्ने बताए । 

लामाले भौतिक पूर्वाधारको अभावले कतिपय ट्राफिकको बसोबास राम्रो नभएको भन्दै भौतिक पूर्वाधार विकासका लागि पहल गर्ने बताए  । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको