Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको कर्मचारी खर्च ३२ करोड, सिइओको तलव /भत्ता कति ?

अर्थ संसार

शनिबार, १९ पुस २०७६, ०८ : ०४ मा प्रकाशित

कामना सेवा विकास बैंकको कर्मचारी खर्च  ३२ करोड, सिइओको तलव /भत्ता कति ?

अर्थ संसार, काठमाडौं-पछिल्लो समय शाखा विस्तारमा आक्रम बनेको कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७५/ ७६  मा कर्मचारीमा  ३२ करोड ४१ लाख २१ हजार २६२ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकको कार्यालय  सञ्चालनमा  १९ करोड ५८ लाख १६ हजार ९१६ रुपैयाँ खर्च गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई ६८ लाख २९ हजार ८५७ रुपैयाँ खर्च गरेको छ । बैंकको  सिइओमा अहिले प्रविण बस्नेत रहेका छन् ।

सिईओले तलव ५८ लाख ७९ हजार ३७२ रुपैयाँ, ८ लाख ६८ हजार ८२० रुपैयाँ बोनस र ८१ हजार ६६५ रुपैयाँ भत्ता गरी कूल ६८ लाख २९ हजार ८५७ रुपैयाँ खर्च बुझेका छन् । त्यसै गरी बैंकका सञ्चालक समितिका सदस्यहरुले पनि बैठक भत्ता वापत लाखौ रुपैयाँ लिएका छन् ।

कम्पनीको वार्षिक प्रतिवेदन अनुसार  सञ्चालन समितिको अध्यक्ष सुदिप आचार्यले प्रति बैठक भत्ता ७ हजार ५० रुपैयाँ भत्ता बुझेका छन् । त्यसै गरी सदस्यहरुले प्रति बैठक भत्ता  ७ हजार रुपैयाँको दरले बुझेका छन् ।

गत वर्षमा बैठक स्वरुप सञ्चालकहरुलाई कुल १२ लाख २६ हजार रुपैयाँ, यातायात, भ्रमण, टेलिफोन तथा पत्रपत्रिका खर्च स्वरुप रु ११ लाख २५ हजार ३ सय ६८ रुपैयाँ भुक्तानी गरिएको छ । 

सञ्चालन समितिको सदस्यमा  भिम प्रसाद तुलाचन, सदस्य चतुराखर अधिकारी, सदस्य देवकृष्ण  सुवेदी  र सदस्य बलराम बराल  रहेका छन् ।

बैंकले पुष १६ गते १३ औं वार्षिक साधारणसभा अमृतभोग, कालिका स्थान, डिल्लीबजारमा, काठमाडौंमा सम्पन्न गरेको थियो । बैंकले शेयरधनीलाई ६.८ प्रतिशत नगद लाभांश दिएको थियो ।

लाभांस पारितसँगै कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको