Like us!
Follow us!
Connect us!
Watch us!

लाभांस पारितसँगै कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

विहीबार, १७ पुस २०७६, १५ : ०२ मा प्रकाशित

लाभांस पारितसँगै कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–  कामना सेवा विकास बैंक लिमिटेडलेको १३ औं वार्षिक साधारणसभा बिहीबार  अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले ६.८ प्रतिशत लाभांस पारित गर्नुको साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।  

त्यसै गरी साधारणसभाले उपयुक्त पार्टनर पाए मर्जरमा जाने वा ल्याउने र लेखापरिक्षक नियुक्त गर्ने निजको पारिश्रमिक तोक्ने लगायतको आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावमाथि छलफल गरी पारित गरेको छ । 

बैंकको वार्षिक साधारणसभाको फोटोफिचर हेर्नको लागि यहाँ क्लिक  गर्नुहोस्

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBAलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

5e0dc24388737.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको