Like us!
Follow us!
Connect us!
Watch us!

२२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १६ : १५ मा प्रकाशित

२२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने

अर्थ संसार, काठमाडौं – सरकारले २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा आज (आइतबार) बसेको २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो ।

उक्त बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोह स्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउन पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपद्बाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए । “विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ”, उनले भने । गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविष्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउन लक्ष्य र उद्देश्यमा स्पष्ट हुनु जरुरी रहेको बताएका छन् ।

नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उनकाे भनाइ थियो । उनले आगामी दिनमा आउने विपद्बाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको