Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले गर्याे लाभांश लिन आह्वान, कसरी लिने ?

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १३ : ०८ मा प्रकाशित

सिटिजन्स बैंकले गर्याे लाभांश लिन आह्वान, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरुलाई विगत पाँच वर्ष पुरानो लाभांश लिन आह्वान गरेकाे छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७१/७२ यताको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लाभांश संकलन गर्न बाेलाएकाे हाे ।

सिटिजन्स बैंकमा हाकिमको ब्रमलुट ! 

शेयरधनीहरुले शेयर रजिष्ट्रार अर्थात बैंकको सहायक कम्पनी सि. आई बि एल एस क्यापिटल मार्फत एक महिनाभित्र लाभांश लिन सक्नेछन् । एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 

तसर्थ, बैंकले शेयरधनीलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको