Like us!
Follow us!
Connect us!
Watch us!

क्याम्पसमा दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरी पनि घाइते

सोमबार, १६ फागुन २०७३, १० : २८ मा प्रकाशित

क्याम्पसमा दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरी पनि घाइते

अर्थ संसार 
लमजुङ (बेसीसहर)– सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ ।

क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् ।

झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते भएका छन् । घाइते हुनेमा नेविसङ्घ समर्थित तीनजना छात्र रहेका छन् ।

घाइतेमध्ये छात्र दीपेन्द्र रेग्मीलाई गम्भीर चोट लागेको बताइएको छ । झडपका क्रममा क्याम्पस प्रमुख लालप्रसाद अमगाईंलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 
स्ववियु निर्वाचनका सिलसिलामा असन्तुष्टि जनाउँदै एमाले निकट अखिल विद्यार्थीले क्याम्पसमा आइतवार ताला लगाएका थिए ।

ताला खोल्नको लागि आज बिहानै वार्ताको क्रममा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ । झडप भएपछि बेसीसहरबाट थप प्रहरी टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । रासस  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको