Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको Interactive Voice Response सेवा सञ्चालनमा, के-के छन् फाइदा ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १५ : ३३ मा प्रकाशित

एनआईसी एशिया बैंकको Interactive Voice Response सेवा सञ्चालनमा, के-के छन् फाइदा ?

अर्थ संसार, काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले Interactive Voice Response (IVR) सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

ग्राहकवर्गले IVR सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, IVR पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सकिन्छ । IVR सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरूले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा IVR सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया SMS वा फोन कल दुबै माध्यमबाट गर्न सकिन्छ । 

 SMS द्वारा IVR दर्ता गर्नका लागि IVR इस्पेस आफ्नो खाता नम्बर (IVR<space>Account Number) टाइप गरी  ३४४८८ मा पठाउनुपर्नेछ । SMS पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात IVR सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिनेछ ।

फोन कलद्वारा IVR दर्ता गर्नका लागि आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहक महानुभावहरूको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरू प्राप्त गर्न सकिनेछ ।  

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ । 

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको