Like us!
Follow us!
Connect us!
Watch us!

'क्यान इन्फोटेक २०२०' फागुन पहिलाे हप्तामा हुँदै

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १३ : ४४ मा प्रकाशित

'क्यान इन्फोटेक २०२०' फागुन  पहिलाे हप्तामा हुँदै

अर्थ संसार,काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो । 

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ र संस्था र व्यवसायीहरुको छाता संगठन हो । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो । वार्षिकरुपमा आयोजना हुने यो मुलुककै ठूलो मेला तथा प्रदर्शनी पनि हो ।

याे वर्ष क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदैछ । प्रदेश नं.१ को इटहरी, प्रदेश नं.२ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल,कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरिय तथा प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरिय प्रर्दशनीको आयोजना गरिने छ ।

२६औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे,एसोसिएट प्रायोजकमा वल्र्डलिंक कम्युनिकेशन लिमिटेड,अफिसियल इन्सोरेन्समा प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इ-पेले प्रायोजन गरेको छ ।

सिल्भर  प्रायोजन लर्डबुद्ध एजुकेसन फाउन्डेसनले गरेको छ भने एशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको छ । 

प्रायोजकहरुले स्तर अनुसारको स्टल, भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनी जस्ता सुविधा पाउने छन् ।  

क्यान इन्फोटेक २०२० को आयोजना नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । 

त्यसैगरी, स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि रहेकाे छ ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । 

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ । 

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्रान्डिङ, आईसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, ई–बेस्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र हुने बताइएको छ ।

अपरेटिङ सिस्टम सफ्टवेयर, नेट वर्किङ सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिनटर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादन प्रदर्शनीमा राखिनेछन् ।

गत वर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको मेलामा यो वर्ष ४ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएकाे छ ।

त्यसैगरी, क्यान इन्फोटेक २०२० का लागि पौष ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला गरिँदै छ ।
 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको