Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंककाे ६ नयाँ शाखा उद्घाटन, कहाँ कहाँ खुल्याे ?

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १४ : ५९ मा प्रकाशित

एनआईसी एशिया बैंककाे ६ नयाँ शाखा उद्घाटन, कहाँ कहाँ खुल्याे ?

अर्थ संसार,काठमाडौं – एनआईसी एशिया बैंकले एकै साथ उपत्यका भित्र ६ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । सबै क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

बैंकले बोहोराटार, खसीबजार, माछापाेखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भूमा नयाँ शाखा खाेलेकाे हाे ।

 

बोहोराटारस्थित शाखाको उद्घाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिर, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाबाट, माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालबाट, नरेफाँटस्थित शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीबाट, पुतलीसडकस्थित शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीबाट र स्वयम्भूस्थित शाखाको वडा अध्यक्ष प्रेमलाल श्रेष्ठबाट एक समारोहकाबीच उद्घाटन सम्पन्न भएकाे हाे ।

बैंकले विभिन्न शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास लिएको छ।

बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको