Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले पठायाे नगद लाभांश

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १२ : २२ मा प्रकाशित

मेगा बैंकले पठायाे नगद लाभांश

अर्थ संसार, काठमाडौं – मेगा बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाइसकेको छ । बैंकले साधारण सभा भएकै दिन (कात्तिक २९ गते) बाट डिम्याट खाता र बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गर्न थालेको जानकारी दिएकाे छ ।

त्यसैगरी, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न अनुराेध गरेकाे छ । अपडेट भएपछि मात्र खातामा लाभांश आउनेछ ।

मेगा बैंकको गत कात्तिक २९ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ११.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल यस बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मेगाले ४३ करोड ७४ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको