Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार महासंघमा छत्कुलीको नेतृत्वमा प्रेस चौतारी

शुक्रबार, १३ फागुन २०७३, १६ : १४ मा प्रकाशित

पत्रकार महासंघमा छत्कुलीको नेतृत्वमा प्रेस चौतारी

अर्थ संसार 
धादिङ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षको लागि प्रेस चौतारी जिल्ला शाख धादिङले पत्रकार नवराज छत्कुलीलाई अघि सारेको छ ।

समितिको शुक्रबार बसेको बैठकले महासंघको ८ औँ जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपालको तर्फबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका वर्तमान अध्यक्ष नवराज छत्कुलीलाई आगामी कार्यकालका लागि पुनः अध्यक्ष पदका लागि अघि सारेको जारी प्रेस विज्ञेप्तिमा उल्लेख छ । 

धादिङ जिल्लामा नेपाल पत्रकार महासंघलाई सशक्त बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम श्रमजिवी पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका निम्ति उनको नेतृत्वले खेलेको  भुमिकाको कदर गर्दै प्रेस चौतारी धादिङले छत्कुलीलाई पुनः अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । 

महासंघको नेतृत्व छत्कुलीले सम्हालेसँगै पत्रकार महासंघ धादिङले आफ्नै भवन निर्माण गरेर कार्य सम्पादन गर्न सफल भएको छ । महासंघको भवन भित्र नै हाल सूचना केन्द्र र संचार सहकारी स्थापना भएको छ ।

पत्रकारको हक हित तथा सम्मानका लागि विभिन्न पत्रकारीता पुरस्कारको अक्षय कोष पनि स्थापना गर्न सफल भएको छ । पत्रकारहरुको दुर्घटना बिमा, पत्रकारका लागि कार्ड नविकरणका लागि केन्द्रिय टोलीलाई जिल्लामा नै ल्याएर सुविधा दिन सफल भएको छ । 
 

58b013e30a976.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको