Like us!
Follow us!
Connect us!
Watch us!

तरकारी खेतीबाट बार्षिक आठ लाख आम्दानी

शुक्रबार, १३ फागुन २०७३, १३ : १६ मा प्रकाशित

तरकारी खेतीबाट बार्षिक आठ लाख आम्दानी

अर्थ संसार 

पाँचथर– फिदिमनगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उनले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसकेका छन् । बेमौसमी तरकारी स्क्वास, फर्सी, काँक्रा लगाउन उनलाई हतारो भएको छ । 

विसं २०४७ देखि कृषि पेसा अङ्गाल्नुभएका काफ्ले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न निकायबाट सम्मानित समेत भइसकेका छन्। कृषि क्षेत्रको आम्दानीबाटै उनले पक्की घर, घडेरी जोडीसकेका छन् । उनले तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म आम्दानी गर्दैआउनुभएको छ । 

“सरकारले कृषकलाई यथेष्ट मात्रामा अनुदान दिनुपर्छ,” काफ्लेलेभने– “व्यावसायिक रुपमा लागेका कृषकलाई उत्साहित गर्न कृषिसम्बन्धी तालिम, उपकरण प्रदान गरे राहत हुने थियो ।” काफ्ले परिवारले वार्षिक रु ३० हजारमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छ । 

जिल्ला कृषि विकास कार्यालयले आवश्यक परामर्श, प्राविधिक सहयोग, औजारलगायत सामग्री उपलब्ध गराउँदै आएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए। रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको