Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारको वेथा ‘एउटै ताउलाको भात, कतै काँचो, कतै पाकेको ’

मंगलबार, २४ बैशाख २०७६, १७ : ४८ मा प्रकाशित

पुँजी बजारको वेथा ‘एउटै ताउलाको भात, कतै काँचो, कतै पाकेको ’

नेपाली पुँजी बजारका लगानीकर्ताहरुलाइ केही बैकहरुले ऋण दिदा एउटा ब्याजदरमा सहमति गरि A/C room मा राखेर कफी , चिसो के खाने हो सोधि सोधि ऋण दिने तर पछि बिभिन्न बहानामा ऋणको ब्याजदरमा वृद्धि गरि SMS पठाई लगानीकर्ताहरु माझ डर, भय, त्रास उत्पन्न गराइ आतंक फैलाउने कार्य गरिरहेका छन ।

यस्तो कार्य वित्तीय आतंककारी कार्य हो | आतंककारीहरुले बरु मानिसहरुलाइ एकै पटकमा मार्छन् तर वित्तीय आतंककारीहरुले मानिसहरुलाई त्रसित पारि- पारि-पटक- पटक मार्छन् । त्यसैले त दुनिया भरि नै चर्चा गरिन्छ भौतिक आतंककारीहरु भन्दा वित्तीय आतंककारीहरु खतरनाक एवं आतंककारीहरुका पनि आतंककारी हुन ।

केन्द्रिय वैकले यस्तो वित्तीय आतंककारी कार्यलाई बेलैमा नियन्त्रण गर्न जरुरी छ । पटक पटक ब्याजदरमा वृद्धि गर्न नपाइने कानुन निर्माण गरि यस्तो वित्तिय आतंक मच्चाउने आतंककारीलाई समय मानै सम्वन्धित पक्षवाट नियन्त्रण गरिनु पर्दछ । लगानीकर्ताहरु लाई SMS पठाई त्रसित पार्ने कार्य तुररुन्त बन्द गरिनु पर्दछ ।

लगानीकर्ता मैत्री वातावरण वनाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपाली पुँजी बजारलाई निरन्तरता दिनु पर्दछ । केहि वैकहरुको कारण नै पुँजी बजार अहिलेको अवस्थामा आइपुगेको हो भन्ने मेरो ठम्याई रहेको छ । जबसम्म हामी कम्पनिको वास्तविक बित्तिय अवस्था नबुझी वैकहरुले गर्न सक्न आतंककारी व्यवहारलाई आकलन नगरि हल्लाको भरमा शेयर किन्ने बेच्ने काम गर्छौ यस्तो अवस्थामा मनकामनामाताले समेत हामिलाई बचाउन सक्दिनन् ।

आशा गरौ लगानिकर्ताको विवेक सहि कुरामा प्रयोग हुनेछ। पुँजी  बजारमा भरखर भरखर छिरेका मेरा एक भतिजा दिपेन्द्र घिमिरेले एक अमुक वैकवाट मार्जिक कर्जा लिएका रहेछन । पहिला त म संग घेरै खुसि व्यक्त गर्दै भन्थे अंकल मैले एउटा वैक संग ८% वार्षिक व्यजदरमा लोन निकालेको छु , व्याज पनि ३/३ महिनामा तिर्नु पर्छ । मैले कारोवार गरेको वैक धेरै राम्रो परेछ भन्ने गर्थे ।

हिजो आफन्तको एक वैवाहिक कार्यक्रममा तिनै भतिजा भेट भयो । उनि अलि तर्कन खोज्दै थिए । मैले सोधि हाले वावु तिमिले मार्जिन लोन लिएको वैकले अहिले व्याजदर कति पुरायो ? विचरा रातो मुख लगाउदै भन्छन की अंकल एक महिनाको अवधिमा ३ पटक SMS गरि व्याजदर त १३% पुर्यायो अव के गर्ने होला म धेरै तनावमा छु । थोरै अंकले वजार तल जादैमा Sms आई हाल्छ भनि गुनासो गर्दै थिए ।

सोहि समारोहमा अर्का एक मेरा पुराना मित्र जो नेपाली पुँजी वजारमा दशकौदेखि लगानि गरिरहेका थिए, उनि संग पनि संयोगले भेट भयो । र, मैले सोधि हाले हैन आजकल वैंकहरुले त वित्तिय आतंकनै मच्चायका छन भन्ने वजार भरि हल्ला छ , तपाईले कारोवार गरेको वैंकले व्याजदर के गर्यो ? भनेर मैले सोधे उनि त छाति चौडा गर्दै भन्छन हेर्नुस मित्र अरु वैकले के गरे मलाई थाहा छैन मैले कारोवार गरेको वैकले चै एक पैसा पनि व्याजदर परिवर्तन गरेको छैन ।

यस वाट के प्रष्ट हुन्छ भने संथागत सुशासन कायम गर्न वैकहरु चुकेका छन । यस्तो सुशासन कायम गर्न नसक्ने वैंकहरु लाई केन्द्रिय वैंकले तुरुन्त निर्देशन जारि गर्नु पर्छ र नियन्तणमा लिनु पर्छ । यसरी केहि वैकहरुले लगानीकर्ता माझ वित्तिय आतंक मच्चाई रहदा केन्द्रिय वैक ले टुलु टुलु हेरेर वस्ने हो भने वामे सर्दै गरेको नेपाली पुँजी वजार लाई कुपोषणले सताउने छ ।

त्यसैले एउटै ताउलामा पकाएको भात कतै काचो कतै पाकेको भने जस्तो भएको छ । यस्तो निन्दनिय र घ्रिणितकार्य लाई रोक्नको लागि समयमै सम्वन्धित निकायको ध्यान जाओस् ।  ।

यो पनि पढ्नुहोस्

प्रसंग अनलाईन ट्रेडिड : जोगीदेखि भैसी डराउने, भैसदेखि जोगी डराउने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको