Like us!
Follow us!
Connect us!
Watch us!

टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै

विहीबार, १२ फागुन २०७३, ११ : ४० मा प्रकाशित

टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै

अर्थ संसार 

काठमाडौं–रोटरी क्लब अफ रुद्रमतिले दुर्गम क्षेत्रका महिलालाई संचारको साधन उपलब्ध गराउन काठमाडौंको टुँडीखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा गर्ने भएको छ । क्लवले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आगामी फागुन २१ गते बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने छ ।

प्रतियोगितामा पुरानो मोबाइल फ्याकेर सबैभन्दा टाण पु¥याउने तीन जनाले नयाँ मोबाइल पुरस्कार जित्ने क्लवका अध्यक्ष तत्वप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रतिस्पर्धाका लागि विभिन्न दाताहरुले संस्थालाई २० वटा नयाँ मोवाइल उपलव्ध गराइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सहभागि हुन विदेशबाट समेत प्रतिस्पर्धीहरु आउने कार्यक्रममा जानकारी दिइएको छ । 

प्रतिस्पर्धामा भाग लिनेले आफूलाई दर्ता गर्न १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । काम चल्ने पुरानो मोवाइल भए ५ सय रुपैयाँमा आफूलाई दर्ता गर्न सकिने छ । यसरी संकलन भएको रकमले मुगुका दुर्गम गाविसका महिलालाई मोवाइल किनेर वितरण गरिने क्लवका सुदीप कोइरालाले जानकारी दिए ।

प्रतिस्पर्धीहरुलाई तीन समुहमा बाँडेर मोवाइल फ्याँक्न लगाइने छ । ती समुहमा १४ बर्षमुनिका बालबालिका, १४ बर्षमाथिका महिला र पुरुषको समुह हुने छ । प्रतियोगितामा २ सय जना सहभागि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 


नेपालमा यस खालेको प्रतियोगिता पहिलो पल्ट रोटरी क्लबले सन् २०१५ मा सुरु गरेको थियो । यस्तो कार्यक्रमको थालनी १८ वर्ष अगाडि फिनलेण्डमा भएको थियो ।प्रतिस्पर्धा आयोजक रोटरी क्लब अफ रुद्रमति सन् २००३ मा स्थापित भएर सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको संस्था हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको