Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई खुसीको खबर ! सेतीको २ लाख ४९ हजार बराबरको कित्ता शेयर बजारमा

बुधबार, ११ फागुन २०७३, १२ : ४८ मा प्रकाशित

लगानीकर्तालाई खुसीको खबर ! सेतीको २ लाख ४९ हजार बराबरको कित्ता शेयर बजारमा

अर्थ संसार 
काठमाडौं– शेयर लागानी गर्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने ( आज) बुधबारदेखि सेती फाइनाइन्सको हकप्रदमा नबिकेको २ लाख ४९ हजार ९ सय १८ कित्तामा बोलकबोल खजारमा फालेको छ । सेती फाईनाइन्सले ६६ हजार छ सय ८२.१४ कित्ता साधारण तथा एक लाख ८३ हजार दुई सय ३५.८६ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बेच्न लागेको हो । 

बेलकबोलमा आवेदन बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनाईनान्सको कार्यालय टिकापुर कैलालीबाट फागुन १९ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैँयाभन्दा माथि अंकित गरि एक सय कित्ताभन्दा बढि सेयरका लागि आवेदन गर्न सक्नेछन् ।

बोलकबोल फागुन २२ गते तीन बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला हुनेछ ।सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर एक दशमलव पाँच अनुपातमा नौं लाख ५१ हजार सात सय ८६ कित्ता हकप्रद निष्काशन गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको