Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति” गोबिन्दबहादुर थापा घोषित

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, १६ : ५२ मा प्रकाशित

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति”  गोबिन्दबहादुर थापा घोषित

अर्थ संसार, काठमाडौं– सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिकरु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्नेछन् । 

त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले रु १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले  रु १००,०००जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाल ीविजेताले बम्पर उपहार स्वरुपरु १०,००,००० जित्न सक्ने घोषणा भएको थियो।

यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्मलागू हुनेछ । यो अवधिभ रसिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवा ग्राहीयो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित हुनुभएको छ । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्तनगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच गोबिन्दबहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको