Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्डको एजिएम मंसिर २३ गते, शेयरधनीलाई के ?

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, ०७ : ४८ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्डको एजिएम मंसिर २३ गते, शेयरधनीलाई के ?

अर्थ संसार, काठमाडौं -स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३३ औँ वार्षिक साधारणसभा मंसिर २३ गते हुने भएको छ । बैंकले दिनको १ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा शेयरधनीलाई बोलाएको छ ।

बैंकले यस वर्षका लागि सेयरधनीलाई प्रतिशेयर २२ रुपैयाँ ५० पैसा पारित गर्न सभा बोलाएको हो ।

सभाले वार्षिक प्रतिवेदनमा छलफल गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने तथा बैंकको नियमावलीको नियम समसामयिक संशोधन गर्ने विषय पारितगर्नेछ ।

बैंकले वार्षिक साधारणसभाका लागि शेयरधनी दर्ता किताब मंसिर ९ गतेदेखि २३ गतेसम्म बन्द गर्न लागेको छ । मंसिर ८ गतेसम्म शेयर कायम रहेका सेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको