Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकासको नबिकेको शेयर लिलामीमा

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, ०७ : २८ मा प्रकाशित

मुक्तिनाथ विकासको नबिकेको शेयर लिलामीमा

अर्थ संसार, काठमाडौं-मुक्तिनाथ विकास बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्दा
नबिकेको सेयर मंसिर ८ गतेदेखि लिलामी बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापकतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारणतर्फको ३ लाख ७ सय ३ दशमलव ९३ कित्ता गरी कुल ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता मंसिर १५ गतेसम्म लिलामी बिक्री गर्न लागेको हो ।

बैंकका सेयरधनीले हकप्रद शेयरमा पूर्ण आवेदन नदिएपछि सर्वसाधारणलाई बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । बैंकले शेयरको मूल्य प्रतिसेयर १ सय रुपैयाँ तोके पनि सोभन्दा बढीको मूल्य राखी आवेदन दिनुपर्नेछ ।

आवेदकले न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको