Like us!
Follow us!
Connect us!
Watch us!

महिन्द्रा गाडीको शोरुम अब चरिकोटमा

बुधबार, ११ फागुन २०७३, १२ : ०७ मा प्रकाशित

महिन्द्रा गाडीको शोरुम अब चरिकोटमा

अर्थ संसार 
काठमाडौं– महिन्द्रा गाडीको शोरुम विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । महिन्द्रा गाडीको नेपालको लागि आधिकाकि विक्रेता अग्नि इन्कर्पाेरेटेडले उक्त सोरुम संचालनमा ल्याएका छ ।

कम्पनीले चरिकोटमा कार्की मल्टिमिडिया कन्सर्नको उद्घाटन गरी शाखा संचालनमा ल्याएको हो । उक्त शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाको कन्ट्री म्यानेजर आशिष जोशी र उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

ग्राहकहरुका माझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको हो ।उक्त शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स उपलब्ध हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको