Like us!
Follow us!
Connect us!
Watch us!

‘शिवम् कृति समारोह २०७६’ मा डिलर सम्मानित (फोटोफिचर)

अर्थ संसार

सोमबार, ०२ मंसिर २०७६, १६ : २८ मा प्रकाशित

‘शिवम् कृति समारोह २०७६’ मा  डिलर सम्मानित (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्टस लिमिटेडले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ ।

Quality को मामला मा No Compromise भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले Celebration को मामला मा No Compromise भन्दै यहि कार्तिक २९ र ३० गते काठमाडौं को हायात होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । दुई दिनसम्म चलेको उक्त समारोहमा शिवम् सिमेन्टस प्रा.लि ले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरु बाट सम्मान गरेको थियो ।

शिवम् सिमेन्ट्सको साधारणसभा : यस वर्ष १५.७८ % पाउँदा लगानीकर्ताको अर्काे वर्ष यस्तो माग ! [भिडियोसहित] 

जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र  सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम्रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो ।

उक्त समारोहमा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका ख्यातिप्राप्त कलाकार राजु
श्रीवास्तवको बेजोड मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभाग बाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो ।

१५.७८९५ प्रतिशत लाभांश पारितसँगै शिवम् सिमेन्टको साधारणसभा सम्पन्न (फोटोफिचर) 

कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टस लि. का अध्यक्ष सुरेन्द्र कुमार गोयलले आपसि, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्र जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिनु भएको थियो ।

साथैआगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राख्नुभएको थियो ।

5dd27a40de1b2.jpg 5dd27a40e38e4.jpg 5dd27a413c5b1.jpg 5dd27a41721c4.jpg 5dd27a41a9ff1.jpg 5dd27a41b668d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको