Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको साधारणसभा:ग्लोबल आइएमइसँगको मर्जरको प्रस्ताव पारित, शेयर आदानप्रदान अनुपात कति?

मिलन खड्का

सोमबार, ०२ मंसिर २०७६, १३ : २९ मा प्रकाशित

जनता बैंकको साधारणसभा:ग्लोबल आइएमइसँगको मर्जरको प्रस्ताव पारित, शेयर आदानप्रदान अनुपात कति?

अर्थ संसार, काठमाडौं-जनता बैंक नेपाल लिमिटेडको दशौंवार्षिक साधारणसभा  सोमवार सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भएको छ ।

दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई कुल १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ ( छयानब्बे करोड चौरा नब्बे हजार तीन सय दश र पैसा चौरानब्बे मात्र) बाराबरको लाभाँशपारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँशमध्ये ६ प्रतिशतबोनश शेयर तथा ६ प्रतिशत नगद लाभाँश हुनेछ ।

२५.५ % लाभांस र जनता बैंकलाई गाभ्ने प्रस्ताव पारितसँगै ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर) 

सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदानप्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।

शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको छ ।

करिव ३०० भन्दा बढीशाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।मर्जरपश्चात चुक्ता पूँजीकरिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको छ ।

साधारण सभाका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् :

साधारण सभाका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको