Like us!
Follow us!
Connect us!
Watch us!

आई. एम. ई. लाइफ इन्स्योरेन्सलाई सम्मान पत्र

मिलन खड्का

सोमबार, ०२ मंसिर २०७६, ११ : ११ मा प्रकाशित

आई. एम. ई. लाइफ इन्स्योरेन्सलाई सम्मान पत्र

अर्थ संसार, काठमाडौं–आई. एम. ई. लाइफ इन्स्योरेन्स क. लि. ले आ.व.२०७५/७६ का लागि नेपाल पूनर्बीमा कं. लि. मा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ ।

सम्मान पत्र नेपाल पूनर्बीमा कं. लि. को छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा माननिय अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गर्नुभएको हो ।
आई. एम. ई. लाइफ इन्स्योरेन्स कं. लि.ले देशै भरि ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सम्पूर्ण नेपाली माझ सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग विरुद्ध उपचार खर्च, लघुवीमा, सामुहिक वीमा लगायत वीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमायोजना प्रचलनमा ल्याएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको