Like us!
Follow us!
Connect us!
Watch us!

बैकिङ एक्स्पोमा सहभागि कम, डा. चिरञ्जीवी नेपालको आक्रोस-‘पैसा कमाउन रहर छ, नेपालमा होइन, खाडीमा’

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, १६ : ३८ मा प्रकाशित

बैकिङ एक्स्पोमा सहभागि कम, डा. चिरञ्जीवी नेपालको आक्रोस-‘पैसा कमाउन रहर छ, नेपालमा होइन, खाडीमा’

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मृकुटीमण्डपमा आयोजना भएको तेस्रो बैकिङ प्रदर्शनीमा  सहभागिता कम भएपछि आक्रोस पोखेका छन्  ।

बैंकिङ प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले बैकिङ एक्स्पोको अवलोकन गर्न टिकट काटेर हेर्नुपर्ने आफूले अनुमान गरेपनि यहाँ त झनै मान्छै नै छैनन्, आफूले वित्तीय क्षेत्रको महत्व बुझाउन नसकेको हो कि प्रचार प्रसारको अभाव भएको हो प्रश्न चिन्ह खडा गरे । 

गभर्नर डा. नेपालले एक्स्पोमा बैंक र बीमा नपुगेको र धेरै भन्दा धेरै विद्यार्थीहरुको उपस्थिति गराउन आयोजकलाई समेत अनुरोध गरे ।

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो : यस्ता छन् सहभागि कम्पनीहरु (फोटोफिचर) 

 बैकिङ शाखा आजसम्म ७५३ ठाउँमा पुगिसक्नु पर्नेमा, केही कारणले गर्दा ७४१ ठाउँमा मात्र बैंक शाखा पुगेको गभर्नर डा. नेपाले बताए।

मिडिया इन्टरनेशनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उहाँले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य  भएको धारणा राखे ।

वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । 

वित्तीय चेतना अभिवृद्धि पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ ।

सोमबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको