Like us!
Follow us!
Connect us!
Watch us!

प्रसंग अनलाईन ट्रेडिड : जोगीदेखि भैसी डराउने, भैसदेखि जोगी डराउने

मंगलबार, १० फागुन २०७३, १८ : २८ मा प्रकाशित

प्रसंग अनलाईन ट्रेडिड : जोगीदेखि भैसी डराउने, भैसदेखि जोगी डराउने

सगरमाथा चढेपछि अबस्य नै ओर्लनु पर्छ। थकाइ मरेपछि बन्दोबस्तीको जोहो भएपछि पुन सगरमाथा चढ्ने उर्जा आउँछ। संसार भरिको सेयर वजारमा पनि यही नियम लागु हुन्छ ।

वजार शिखरमा पुगेपछि  ओर्लनै पर्छ र तल ओर्लियपछि  माथि उक्लि नै पर्छ । यहाँ मैले प्रसंग निकालेको अनलाइन ट्रेडिड: सिस्टमको वारेमा हो । देश विदेशवाट घरमा वसिवसी वा अपिसमै रहेर पनि सेयर खरिद विक्री गरिने प्रकृया नै अनलाइन ट्रेडिड: सिस्टम हो ।

यो सिस्टम लागु भैसकेपछी लगानीकर्तालाई अनिवार्य रुपमा तिन वटा account को जरुरत पर्छ । डिम्याट account , वैक account र कारोवारी account (क्लाइन्स आईडी ) सेयर वजारवाट हुने मुनाफा भनेकाे जाेखिम वापतकाे भुक्तानि हुँदा लाे रिस्क हाई गेन हुँदैन , हाई रिस्क हाई गेन नै हुने गर्छ । तुलनात्मक रूपमा जाेखिम पनि फरक भैहाल्छ । अवसर, लागत र मुनाफा केही फरक पर्ला । जुन हामि भारतकै कुरा गरौ त्यहा दुई वटा स्टक एक्स्चेज छन ।

BSE अन्तर्गत sensex 30 र NSE अन्तर्गत nifty 50 छन । यहाँ sensex 30 को इन्डेक्स झण्डै २८००० छ भने nifty 50 को इन्डेक्स ९००० को हाराहारीमा छ । भरतमा अन लाइन ट्रेडिड: आउनु भन्दा पहिला यि दुवै इन्डेक्स हरु धेरै तल थिए । नेपालको पूजिँ वजार भरखर वामे सर्ने स्थितीमा छ ।

जुन हालको इन्डेक्स १३०० को हाराहारीमा छ । यो अत्यान्तै कम हो । नेपाली पूजिँ वजारमा सुधार गर्नु पर्ने धेरै काम हरु छन । ति मध्य अनलाईन ट्रेडिड:को खाचो टडकारो रुपले देखा परेको छ ।

सेवन र नेप्सेको जुहारीको कारण पाटन उच्च अदालतमा मुद्दा समेत खेपेको अनलाइन ट्रेडिड:ले केहि महिना पहिला मुद्दा किनारा समेत लागेको र उच्च अदालतले अनलाइन ट्रेडिड: छिट्टै ल्याउनु भनि विपक्षको नाउमा आदेश समेत जारी गरी सकेको अवस्था छ । हाम्रो देशको राजनितिक अस्थिरता को फाइदा उठाउदै यस्तो कार्य गर्न ढिला सुस्ती गरिदै आयको छ ।

तर हत्केलाले सूर्य छेकिदैन भने झै अव कुनै पनि निकायले कुनै पनि हालतमा अनलाइन ट्रेडिड: लाई रोक्न सक्ने छैन । जसरी भारतमा अनलाइन ट्रेडिड: आएपछी त्यहाँको पूजिँ वजारले फडको मारेको थियो , हाम्रो वामे सर्दै गरेको पूजिँ वजारले पनि त्यसै गरी फड्को न मार्ला भन्न सकिने अवस्था छैन ।

नेपाली पूजिँ वजारको सवै भन्दा ठूलो विडम्वना भनेको सेवन र नेप्से विचको शित यूद्द नै हो । यि दुवै सरकारी निकाय उदासिन हुनु र आपसमा दोष थोपरा थोपर गर्नु नै हामि आम लगानीकर्ताको भविश्यलाई अधेरी रात तर्फ धकेल्नु सरह हो । यि दुई निकायको आपसी टकरावको सिकार हामि जस्ता आम लगानिकर्ता परेका छौ ।

त्यसैले भैसि देखि जोगी डराउने , जोगि देखि भैसी डराउने जस्तो नगरी सेवन र नेप्से एक आपसमा मिले यथासक्य चाडो अनलाइन ट्रेडिड: ल्याउने तिर ध्यान दिनु पर्ने जरुरी देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको