Like us!
Follow us!
Connect us!
Watch us!

फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक (भिडियो)

मिलन खड्का

शुक्रबार, २९ कार्तिक २०७६, १३ : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडौं–फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

लाइट कमेडी जनरामा निर्माण भएको फिल्म आउँदो मंसिरको २७ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ ।सार्वजनिक ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशित फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमा लाई रेणु राना ,दिपक खातियोडा ,र रुपक थापाले निर्माण गरेकाछन भने चलचित्रका लागी सह निर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ। फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको