Like us!
Follow us!
Connect us!
Watch us!

भिडियोमा हेरौं, कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय भवनको उद्घाटन कार्यक्रम

मिलन खड्का

शुक्रबार, २९ कार्तिक २०७६, १० : ४७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमाशाखा तथा केन्द्रीय कार्यालय रहेको भवनको उद्घाटन सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिकोत्सव समारोहमा उक्त भवनको समुद्घाटन गरेका हुन् । यसै गरी अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरे ।

बैंकलाई अर्थमन्त्रीको आग्रह–ऋण निवेदनको लिष्ट मलाई दिनुहोस् (भिडियोसहित) 

बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था, विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण, सरसफाई, कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयरकाठमाडौं स्थितप्रेम सागर फाउण्डेसनको “जनभोजन” कार्यक्रमको लागि आर्थिक सहयोग प्रदान गर्नुका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । साथै, सोही अबसरमा न्यून आय भएकापरिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था  Food for Life Nepal लाई बैंकका कर्मचारीहरुका तर्फबाट “प्रति दिन १ रुपैयाँ” योजना अन्र्तगतप्रदान गरिएको एकमुष्ट रु.१ लाख १२ हजार ९० रुपैयांको चेक हस्तान्तरण गरिएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले शुभकामना मन्तव्य दिदैं बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए ।  अर्थमन्त्रीले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए ।

कामना सेवा विकास बैंकले गर्यो ‘रक्तदान जीवनदान’ कार्यक्रम (फोटोफिचर) 

नेपाल राष्ट्र बैंकका कामु. गभर्नर  चिन्तामणी शिवाकोटीले कामना सेवा विकास बैंकको सबै सूचकाङ्कहरु हेर्दा अब्बल विकास बैंक मध्येको एक विकास बैंक भएको बताउनु हुंदै बैंकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा कर्मचारी तथा सञ्चालकहरु अत्यन्तै चनाखो भएर काम गर्न सुझाव समेत दिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न समुद्घाटन कार्यक्रममा सञ्चालक भिम प्रसाद तुलाचनले स्वागत तथा संस्थापक कृष्ण आचार्यलेसंस्थापकको तर्फबाट मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कामना सेवा विकास बैंकले नगद लाभांश दिने 

साथै मिति २०७६/०७/२६ गते बसेको बैंक सञ्चालक समितिले आ.व. २०७५.०७६ को नाफाबाट ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

१३ औं वार्षिकोत्सव कार्यक्रमको बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

कार्यक्रमको भिडियो हेर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको