Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

मिलन खड्का

विहीबार, २८ कार्तिक २०७६, १४ : ३६ मा प्रकाशित

अर्थ संसार, पोखरा- बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

 राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ ।

त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ 

5dcd162c49473.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको