Like us!
Follow us!
Connect us!
Watch us!

महसञ्चारले निर्माण गरेको‘शत्रु गते’ युट्युबमा ( फिल्मको भिडियो सहित)

मिलन खड्का

बुधबार, २७ कार्तिक २०७६, १९ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–एकदमै राम्रो ब्यापार गरेको फिल्म ‘शत्रु गते’ युट्युबमा सार्वजनिक गरिएको छ।  ओयसर दिजिटलको अफिसल युट्युब च्यानल मार्फत फिल्म रिलिज गरिएको हो। 

किरण केसीको प्रस्तुतीमा महसञ्चारले निर्माण गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेशरञ्नन झा लगायतका कलाकारहरुको अभिनय छ ।

सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको