Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफले गर्यो ६२ लाख बीमा दावी भुक्तानी

अर्थ संसार

बुधबार, २७ कार्तिक २०७६, १७ : ३७ मा प्रकाशित

नेशनल लाईफले गर्यो ६२ लाख बीमा दावी भुक्तानी

अर्थ संसार, काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ ।

स्व.सुचिता खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गर्नु भएकोमा वोनस सहित रु.६२,२०,०००र( (रु.वासठी लाख बीस हजार) को रकम बीमा दावी वापत भुक्तानी भएको हो ।

उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालको श्रीमान  रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले वताउनु भयो ।

रामेश्वर प्रसाद खनालले वीमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा ब्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्नु भयो । विमित श्रीमती खनालको उपचारको क्रममा मिति २१/०६/२०७६ मा मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

लाभांश पारितसँगै नेशनल लाईफको वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

नेशनल लाईफको ३१ औं साधारणसभा; संचालक समितिको नगद र बोनसको प्रस्तावलाई सभाले के गर्यो ? ( भिडियोसहित) 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको