Like us!
Follow us!
Connect us!
Watch us!

फेल्ट र हाते कागज निर्यातमा अग्रणी ब्यवसायी

मंगलबार, १० फागुन २०७३, १६ : ०७ मा प्रकाशित

फेल्ट र हाते कागज निर्यातमा अग्रणी ब्यवसायी

विदेशमा हुने मेलामा सहभागित जनाएर आफ्नो उत्पादन प्रबर्धन गर्दै आएका सफल ब्यवसायी हुन् नरेशलाल श्रेष्ठ । उनी २० बर्षदेखि फेल्ट र हाते कागजबाट उत्पादित सामग्री ठूलो परिमाणमा निर्यात गर्दै आएका छन् । ‘बर्षमा १०/१५ कन्टेनर सामान विदेश पठाउँदै आएको छु,’ उनले भने । 

विदेशमा हुने मेला÷महोत्सवले नेपाली हस्तकला निर्यातमा धेरै सघाइरहेको उनी बताउँछन् । ‘विदेशमा हुने मेलामा नेपाली ब्यवसायीको सहभागिताले विदेशी क्रेता ल्याउन ठूलो सघाउ पु¥याएको छ,’ उनले भने । नेपाल फेल्ट उद्योग संघको अध्यक्षसमेत रहेका उनले बाग्मती पेपर इन्डस्ट्रिज र बागमती आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योग संचालन गरिरहेका छन् । उनले सन १९८८ मा यो उद्योग स्थापना गरेका हुन् ।

श्रेष्ठले जापान, जर्मनी, अमेरिकालगायतका मुलुकमा सहभागिता जनाउँदै आएका छन् । हरेक बर्ष विदेशमा हुने तीन वटा मेलामा आफूले सहभागिता जनाउँदै आएको उनले बताए । उनका उत्पादन युरोपका अधिकांश मुलुक, अमेरिका, जापान, अस्ट्रेलियालगायतका मुलुकमा निर्यात गर्दै आएको उनले जानकारी दिए ।

स्वदेशमा हुने मेला÷महोत्सवमा विदेशी क्रेतालाई भित्र्याउन आयोजकले पहल गर्नु पर्ने उनको भनाइ छ । ‘स्वदेशमा हुन महोत्सव अहिलेसम्म आन्तरिक खपत बढाउनका लागि मात्र भएका छन्,’ उनले भने, ‘निर्यात बढाउन विदेशी क्रेतालाई मेलामा सहभागी गराउनै पर्छ ।’

उनले भारतको दिल्लीमा अक्टोबर र फ्रेबु्रअरीमा हुने ठूला अन्तराष्ट्रिय मेलालगत्तै यहाँ मेला गर्न सके त्यहाँ आएका विदेशी क्रेतालाई यहाँ ल्याउन सकिने बताए । ‘त्यहाँ आएका १० प्रतिशत क्रेता ल्याउन सके नेपालको हस्तकला निर्यातले फड्को मार्न सक्छ,’ उनले भने । 

उनले ब्यवसाय सुरु गर्दा यस ब्यवसायमा प्रतिस्पर्धा थिएन । अहिले प्रतिस्पर्धाले नाफाको मार्जिन थोरै, उत्पादन लागत अधिक र छिमेकी मुलुकहरुका उत्पादनसँग प्रतिस्पर्धाले कठिन भएको उनले बताए । 

नेपालबाट ढुवानी भाडा निकै भएकाले पनि प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको भनाइ छ । ‘चिन भारतबाट समुद्रपार पठाउँदा २ हजार ५ सयदेखि ३ हजार प्रतिकन्टेनर पर्छ भने नेपालबाट ४ हजार रुपैयाँजति पर्छ,’ उनले भने । नेपाली उत्पादनको मूल्य छिमेकी मुलुकको तुलनामा १५ प्रतिशत महंगो रहेको उनको भनाइ छ । ‘नेपाली उत्पादन मौलिक भएकाले मात्र बजार पाइरहेको हो,’ उनले भने । 

अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने बनाउन सरकारले नगद प्रोत्साहन दिनु पर्ने बताए । ‘पहिले सरकारले निर्यातकर्तालाई ४ प्रतिशत नगद प्रोत्साहन दिन्थ्यो,’ उनले भने, ‘अहिले त्यही पनि घटाएर २ प्रतिशतमा सीमित गरिएको छ ।’ त्यसलाई बढाउनु पर्ने उनले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको