Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य र विशेष प्रस्ताव पारितसँगै युनाईटेड ईन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

dibesh

मंगलबार, २६ कार्तिक २०७६, १५ : १२ मा प्रकाशित

सामान्य र विशेष प्रस्ताव पारितसँगै युनाईटेड ईन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं –युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २५ औं वार्षिक साधारणसभा मंगलबार बबरमहल–११ स्थितकार्की ब्याङ्गकेटमा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा भएको वार्षिक साधारणसभाले सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफलगरि पारित गरेको छ ।

त्यसै गरी प्रस्तावहरुमा आ.व. २०७४/०७५ बार्षिक प्रतिवेदन, सोहिआ.व.को नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तियविवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा श्री मदन निरौला एण्डक म्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित  भएको छ ।

त्यसैगरि बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्तगर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।

नोट : वार्षिक साधारणसभाको झलकहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

नोट : वार्षिक साधारणसभाको झलकहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको