Like us!
Follow us!
Connect us!
Watch us!

बहिरा कलाकार अभिनित गीत ‘बैनी झ्यालैमा...’ सार्वजनिक( भिडियो )

मिलन खड्का

मंगलबार, २६ कार्तिक २०७६, १५ : ०४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–बहिरा कलाकार अभिनित गीत ‘बैनी झ्यालैमा...’को भिडियो सार्वजनिक भएको छ । प्रकास दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । करणले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।

एभरेस्ट विश्व कृतिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बम द्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो । यस अघि विश्वकीर्तिमानी डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली...’मा उनले अभिनय गरेकी थिइन । श्रद्धा भुसालको भने यो पहिलो हो म्युजिक भिडियो हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको