Like us!
Follow us!
Connect us!
Watch us!

मेगाले बोलायो साधारणसभा चैत ३ मा , यस्ता छन एजेन्डा

मंगलबार, १० फागुन २०७३, १४ : २७ मा प्रकाशित

मेगाले बोलायो साधारणसभा चैत ३ मा , यस्ता छन एजेन्डा

अर्थ संसार 
काठमाडौं– टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज हुन लागेको मेगा बैंकले यही चैत्र ३ गते साधारणसभा बोलाएको छ । साधारण सभामा बैंकले १३.२५५ बोनस वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।

बोनस सेयरमा लाग्ने कर तिर्न ०.७०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेस हुँदैछ । हाल बैंकको चुक्ता पुँजी चार अर्ब एक करोड २० लाख ३० हजार ७४५.५० रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पुँजी थप बढ्नेछ । 

 मेगाले यो बोनस सेयर र बिक्री नभएको हकप्रद लिलामीमा बेचेपछि कायम हुने चुक्ता पुँजीबाट फेरि ६५५ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित गराउने भएको छ ।

यो प्रस्ताव पारित भएपछि बैंकले १०० कित्ता सेयर बराबर थप ६५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । मेगाले साउन २७ गतेबाट भदौ २९ गतेसम्म पनि ४ः१ को अनुपातमा ८१ लाख एक हजार ४३८ कित्ता हकप्रद बिक्री गरेको थियो ।  

साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाण्डौमा बिहान ११ बजे सुरु हुनेछ । मेगाले चुक्ता पुँजी वृद्धि गर्न बोनस र हकप्रद सेयरको सहयोग लिएको छ । बैंकले हालैमात्र टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गराउने निर्णय गरिसकेको छ ।

 चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मेगाले ३७ करोड नौ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको चुक्ता पुँजी चार अर्ब एक करोड २० लाख ३० हजार ७४५.५० रुपैयाँ छ भने रिजर्भ कोषमा एक अर्ब ३० करोड ७६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५४ पैसा रहेको मेगाको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ५९ पैसा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको