Like us!
Follow us!
Connect us!
Watch us!

किन गर्ने बीमा ? के हुन्छ फाइदा ? यस्ता छन् बीमा गर्दा हुने फाइदाहरू

सोमबार, २५ कार्तिक २०७६, ०९ : ४५ मा प्रकाशित

किन गर्ने बीमा ? के हुन्छ फाइदा ? यस्ता छन् बीमा गर्दा हुने फाइदाहरू

व्यक्तिगत फाइदाहरू :
#आर्थिक सुरक्षाको साधन:
बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फर्काउँछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले यो बीमा लाभदायक छ ।

#बचत गर्न प्रोत्साहन:
जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । खाइ–नखाई कमाएको सम्पत्तिको संरक्षण गर्न र पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्छ । बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकोले रकम बचत भइरहनुका साथै बोनशको रूपमा ब्याज बढिरहने भएकोले बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ ।

#शिक्षा, दिक्षा र विवाहको व्यवस्था:
आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।

#लाभदायक लगानीः
जीवन बीमा जीवन सुरक्षाको उपाय साथै यो एक प्रकारको लगानी पनि हो । तोकिएको समयभन्दा अगाडि नै बीमा गर्ने मानिसको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ । यो रकम मूल बीमा रकम र त्यसको सो अवधिमा पाकेको ब्याजसहित कम्पनीले फर्काइदिन्छ । यो रकमलाई कुनै लाभदायक काममा लगाउन सकिन्छ ।

#सामाजिक प्रतिष्ठामा वृद्धिः
बीमा गर्ने मानिसको समाजमा छुट्टै प्रकारको प्रतिष्ठा हुन्छ किनकी बीमा गर्ने मानिस निश्चिन्त र ढुक्क हुन्छ । भविष्यप्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर उ ढुक्क भएको हुन्छ र वृद्ध अवस्थामा पनि आनन्दले दिन बिताउन सक्छ ।

#व्यवसायमा हुने फाइदा
बीमाले राहतको काम गर्ने गर्छ । विशेष गरेर व्यापारीहरूलाई व्यापारबाट डुब्ने जोखिमलाई न्यूनिकरण गर्छ । त्यसैले निश्चित भएर काम गर्न पाइन्छ । हाम्रो जीवन अनिश्चित भएकोले व्यवसायमा हुने जोखिमहरूको आर्थिक संरक्षण गरी व्यवसायलाई निश्चित सुरक्षा प्रदान गर्छ ।
व्यवसायमा बीमाले निम्न प्रकारका फाइदा हुन्छ ।

#आर्थिक सुरक्षा :
व्यवसायको क्षेत्रमा व्यापार संचालन गर्दै जाँदा धेरै मात्रामा पूँजी लगानी गरिएको हुन्छ । त्यो पूँजी विभिन्न कारणबाट नष्ट हुन सक्छ । जस्तैः चोरी, आगलागी, हराउने, समान बीचबाटोबाटै आइ नपुग्ने, योग्य कर्मचारीको मृत्यु, व्यापार नोक्सानीमा चल्नु आदि यस्तो विभिन्न दुर्घटनाबाट निश्चित भई व्यवसाय गर्न सकिन्छ । यसरी बीमामा रकम जम्मा गर्ने गर्दा आइपरेका जुनसुकै समस्यालाई सामाधानसहित आर्थिक सुरक्षा हुन्छ ।

#ऋण प्राप्त गर्न सजिलोः
बीमामा ऋण प्राप्त गर्न सजिलो हुन्छ । व्यवसायमा जुनसुकै मालसमान वा सम्पत्तिको बीमा गर्न सजिलो हुन्छ । बीमा नभएको सम्पत्तिमाथि लगानी गर्न लगानीकर्ताहरू हिचकिचाउन सक्छन् । ऋण लिएका ऋणीहरूले नतिरेमा वा सो व्यक्तिको मृत्यु भएमा ऋण दिने पक्षले बीमा कम्पनीबाट उक्त ऋणको रकम व्याजसहित पाउन सक्छ । बीमा प्रलेखलाई वित्तीय संस्थानहरूमा धितो राखेर पनि ऋण पाउन सकिन्छ ।

#व्यवसायको निरन्तरताः
बीमा गराएमा आफ्नो व्यवसायलाई निरन्तरता दिन सकिन्छ । यदि साझेदारीमा कुनै पनि व्यापार गरिएको छ र आफ्नो साझेदारको मृत्यु भयो भने आफूले मात्र चलाउन अफ्ट्यारो हुन्छ । त्यस्तो अवस्थामा बीमाले नै मद्दत गर्छ । अतः साझेदारीको मृत्युपछि उसको परिवारलाई सबै लगानी रकम फिर्ता गराउन मद्दत गर्छ ।

#व्यवसायिक दक्षतामा वृद्धिः
बीमाले व्यवसायिक दक्षतामा वृद्धि गराउँछ । व्यवसायमा आउने जुनसुकै दुर्घटनाबाट निश्चिन्त हुन सहयोग गर्छ । धेरैभन्दा धेरै र ठूला–ठूला व्यवसायमा लगानी गर्दा पनि आफु निश्चिन्त हुन सकिन्छ ।

#समाजिक फाइदाः
जीवनस्तरमा स्थिरताः
बीमाले जीवनस्तरमा स्थिरता ल्याउन सक्छ । घरको प्रमुख व्यक्तिको मृत्यु भएमा पनि कुनै आँच नआउने अथवा अरूसँग आश्रित हुनुपर्ने अवस्था आउँदैन । जस्तै ठूलो दुर्घटना वा जोखिम भएर ठूलो खर्चको सामना गर्नुपरे तापनि बीमा कम्पनीले बीमितको सुरक्षाका लागि आर्थिक सहयोग गर्छ । त्यसकारण पछिको जीवनस्तरमा पनि एकनास वा स्थिरता रहन्छ ।

#भविष्यप्रति सजगः
भविष्यमा हुने समस्याका लागि अग्रिम सचेतता अपनाउन बीमाले सहयोग गर्छ । यसले जीवन वा सम्पत्तिको सुरक्षाका निम्ति सजग गराउँछ । आफू सजग भई भविष्यको प्रबन्धमा लाग्न उत्प्रेरीत हुन्छन् । र यस्तो समाज आदर्श भएको मानिन्छ ।

#पूँजी निर्माणः
बीमाले समाजमा छरिएर रहेको रकमलाई विभिन्न माद्यम बाट संकलन गरेर पूँजी निर्माण गर्छ । यसरी संकलन गरेर आवश्यक मात्रामा प्राप्त गरी कम लगानीमा धेरै उत्पादन गर्न सक्ने हुन्छन् र यसले समाज र राष्ट्र दुवै पक्षको फाइदा हुन्छ।

सम्पर्क
किरण गौतम
सहायक महाप्रबन्धक
सुर्या लाइफ इन्स्योरेन्स
९८५७०२२२०२

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको