Like us!
Follow us!
Connect us!
Watch us!

गीतले भन्छ पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन ( भिडियो सार्वजनिक )

मिलन खड्का

आइतबार, २४ कार्तिक २०७६, १० : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौ–गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । बुनुको आवाजमा ‘साथ हुँदैन’ बोलेको मार्मिक गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा नरेश कुमार प्रधानको शब्द रहेको छ भने सजल न्यौपानेको संगीत रहेको छ । गीतमा संगीत संयोजन भने बि एन निराकारले गरेका छन् । युट्युबमा सार्वजनिक भएको गीतले ‘पैसा नै सबै थोक होइन भन्ने भाव बोकेको छ ।

पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन भन्ने कथा गीतले बोकेको छ । पैसाले खुशी र सुख किन्न सकिदैन भन्ने बिषयमा गीतमा देखाईएको छ । यही शब्दको कारण गीतले फरक स्वाद पस्केको छ ।

गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायत फिचर्ड रहेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापा सह-निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको