Like us!
Follow us!
Connect us!
Watch us!

मङ्सिरमा वित्तीय सम्मेलन

अर्थ संसार

शनिबार, २३ कार्तिक २०७६, १२ : २८ मा प्रकाशित

मङ्सिरमा वित्तीय सम्मेलन

अर्थ संसार, अत्तरिया-सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा वित्तीय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ । प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेशले स्थानीय तहलाई दिने सम्पूरक अनुदानसम्बन्धी कार्यविधि २०७६ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०७६ संशोधनसमेत गरेको जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश २०७६ पनि पारित गरेको छ । गठनादेशका आधारमा समिति गठन गरेर प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउने तयारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको