Like us!
Follow us!
Connect us!
Watch us!

म्यानचेस्टर युनाइटेड फेरि स्तब्ध, शिर्ष ४ को दुरी लम्बिदै

अर्थ संसार

आइतबार, १७ कार्तिक २०७६, ०८ : ५३ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड फेरि स्तब्ध, शिर्ष ४ को दुरी लम्बिदै

लण्डन- जोसुन किंग्सको एक मात्र निर्णायक गोलमा बोर्नेमाउथले शनिबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । खराब लयको सिकार बनिरहेको युनाइटेडको यो लिगमाचौथो हार हो ।

पछिल्ला पाँच खेलमा एक मात्र जित निकालेको युनाइटेड १३ अंकका साथ १०औँ स्थानमा छ । बोर्नेमाउथ १५ अंकका साथ लिगको छैटौँ स्थानमा उक्लन सफल भएको छ ।

जारी लिगमा युनाइटेडले ११ खेलको समाप्तिमा तीन जित र चार खेलमा बराबरी नतिजा आत्मसात् गरेको छ । हारसँगै युनाइटेडका प्रशिक्षक ओले सोल्सायरमाथि दबाब बढेको छ ।

प्रशिक्षक एलेक्स फर्गुसनपछि युनाइटेडले धेरै प्रशिक्षक परिवर्तन गरेको छ । तर, कुनै पनि प्रशिक्षकले युनाइटेडलाई प्रिमियर लिग उपाधि दिलाउन सकेका छैनन् ।

अझ युनाइटेड युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा समेत छनोट हुन संघर्षरत छ । प्रिमियर लिगमा जारी सिजन लिभरपुल मात्र अपराजित छ । १० खेलमा नौ जित र एक बराबरी खेल्दै २८ अंक बनाएर लिभरपुल शीर्ष स्थानमा छ ।

साबिक विजेता म्यानचेस्टर सिटीले ११ खेलमा २३ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ६ अंकले पछि छ । लेस्टर सिटी २० अंकका साथ तेस्रो स्थानमा रहँदा चेल्सी समान २० अंकका साथ चौथो स्थानमा छ ।

युनाइटेडविरुद्ध गोल गरेका किंग्सले तीन सय ५८ मिनेटको गोल खडेरी पूरा गरेका हुन् । उनले पछिल्लो खेलमा ५० सट प्रहार गरे पनि गोल गर्न सकेका थिएनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको