Like us!
Follow us!
Connect us!
Watch us!

बार्सिलोनाको लज्जास्पद हार, ७ मिनेटको दौरानमा खायो ३ गोल

मिलन खड्का

आइतबार, १७ कार्तिक २०७६, ०८ : ३० मा प्रकाशित

बार्सिलोनाको  लज्जास्पद हार, ७ मिनेटको दौरानमा खायो ३ गोल

अर्थ संसार, लेभान्टे-स्पेनिस ला लिगामा शनिबार राति सम्पन्न खेलमा बार्सिलोना  लेभान्टेबाट  लज्जास्पद हार ब्यहोरन पुगेको छ। 

शनिबार राति सम्पन्न खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा लिएको एक गोलको अग्रता लिएको थियो। ३८ औ मिनेटमा 
बार्सिलोनाका कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा ७ मिनेटमा दौरानमा ३ गोल खान पुग्यो।जोस कम्पानाले खेलको ६१ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए । तेस्को २ मिनेट पछि नै  ६३ औं मिनेटमा बेरजा मेयरालले गोल गर्दै  लेभान्टेलाई २-१ को अग्रता दिलाय र निमन्जा राडोजाले ६८ औं मिनेटमा गोल गर्दा लेभान्टेको  ३–१ गेलको जित सुनिश्चित भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको