Like us!
Follow us!
Connect us!
Watch us!

नबिलमा पैसा जम्मा गर्दा यस्तो ब्याज पाइने

मिलन खड्का

शुक्रबार, १५ कार्तिक २०७६, १४ : ३९ मा प्रकाशित

नबिलमा पैसा जम्मा गर्दा यस्तो ब्याज पाइने

अर्थ संसार, काठमाडौं-नबिल बैंकले  नयाँ ब्याजदर सार्वजनिक को छ । नबिलले एक सूचना मार्फत  सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने छ। 

बचतमा भने बैंक नबिल बैंकले बचतमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने जनाएको छ । हाल नबिल बैंकको १७ वटा बचत खाता सञ्चालनमा छन् । जसमा अधिकतम ५.७५ र न्यूनतम ३.७५ प्रतिशत ब्याज रहेको छ ।

यसै सूचनामा बैंकले असोज मसान्तसम्मको आधारदर पनि सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट अन्य प्रकारका कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ ।त्यस्तै शैक्षिक धितोकर्जा १२.९४ अटो लोन १२.९४, विद्युतीय सवारी साधन खरिदका लागि ११.४४, हाउजिङ लोनमा १२.४४ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

 

5dbbf41d4d4d7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको