Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

प्रजना राई

बुधबार, १३ कार्तिक २०७६, २० : १७ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

अर्थ संसार,काठमाण्डौ- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा ज्ञानेन्द्रलाई छनोट गरेको हो ।

क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं र, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’ क्रिकेट संघका एक पदाधिकारीले भने ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानको भूमिका निभाउदै आएका थिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए ।

यू-१९ टिममा कप्तान रहिसकेका उनले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेका छन् ।

क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालले अब मेरिलेबोन क्रिकेट क्लब, एमसीसीको टोलीसँग खेल्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको