Like us!
Follow us!
Connect us!
Watch us!

२५.२६ प्रतिशत लाभांश पारितसँगै सिद्धार्थ बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

विहीबार, ०७ कार्तिक २०७६, १५ : ३६ मा प्रकाशित

२५.२६ प्रतिशत लाभांश पारितसँगै सिद्धार्थ बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार,काठमाण्डौं–  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधरणसभा बिहीबार सम्पन्न गरेको छ ।  

आर्मि फिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भएको साधारणसभाले प्रस्तावित १५.२६ प्रतिशत नगद लाभांश र  १० प्रतिशत बोनस शेयरको प्रस्तावहरु पारित गरेको छ ।

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित}

साथै, सो अनुसार बोनस शेयर जारी गर्दा संस्थापक एवं सर्वसाधारण शेयर धनीको शेयर अनुपात क्रमश ५१ र ४९ प्रतिशत कायम हुने गरी उपरोक्त अनुसारको बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अंकलाई सम्बन्धित शेयरधनीले प्राप्त गर्ने नगद लाभांशबाट कट्टा वा समायोजन गरि सो भिन्न अंकलाई पूर्ण कायम गरि बोनस शेयर जारी गर्ने तर शेयर अनुपातमा फरक पर्ने भएमा भिन्न अंक यथावत राख्ने र सो को कारण जारी तथा चुक्ता पूँजीमा हेरफेर हुने भएमा सो हदसम्म मिलाई आवश्यक जारी तथा चुक्ता पूँजी कायम गर्न संचालक समितिलाई स्वीकृति प्रदान गर्ने र सो गर्दा समेत भिन्न अंक बाँकि भएमा यथावत राख्ने प्रस्ताव पारित भएको छ ।

साधारणसभाको बाँकी  फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

साधारणसभाको बाँकी  फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको