Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीलाई मुख्य जिम्मेवारी ,सौरभ गांगुली भारतीय क्रिकेट बोर्डका अध्यक्ष

मिलन खड्का

विहीबार, ०७ कार्तिक २०७६, ०८ : ३५ मा प्रकाशित

भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीलाई  मुख्य जिम्मेवारी ,सौरभ गांगुली भारतीय क्रिकेट बोर्डका अध्यक्ष

अर्थ संसार,  मुम्बई- भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिनु भएको छ ।

बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो । अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो । 

बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीले मुख्य जिम्मेवारी पाएकामा खुशी लागेको बताउनुभयो । यो समितिको म्याद पनि नवनिर्वाचित कार्य समितिले सपथ लिएसँगै समाप्त भएको छ । 

केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा एवं गुजराज क्रिकेट संघका जय शाह बोर्डको सचिवमा निर्वाचित हुनुभएको बिसिसिआईको निर्वाचन अधिकृत एन गोपालास्वामीले बताउनुभयो ।

यस्तै, बोर्डको उपाध्यक्षमा उत्तराखण्ड क्रिकेट संघका महिम बर्मा तथा संयुक्त सचिव पदमा केरला क्रिकेट संघका जयेश जर्जले उम्मेदवारी दिनुभएको छ । 

हिमाचल प्रदेश क्रिकेट संघका अरुण सिंह धुमलले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको बोर्डको निर्वाचन समितिले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको