Like us!
Follow us!
Connect us!
Watch us!

एसिया प्यासिफिकमा  नेपाली विद्यार्थीलाई गोल्डमेडल सहित ३ पदक

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १४ : २१ मा प्रकाशित

एसिया प्यासिफिकमा  नेपाली विद्यार्थीलाई गोल्डमेडल सहित ३ पदक

अर्थ संसार,काठमाडौं- रुसमा सम्पन्न आठौं एसिया प्यासिफिक योङ साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड मेडल सहित ३ पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले यो पदक जितेका हुन् । नेपालका तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज बसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका हुन् ।


प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई उछिन्दै स्वर्ण पदक हात पार्न सफल भएका हुन् । प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइ स्पीड ट्रान्समिसन एन्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुति दिएका थिए । यस्तै, अस्मिता स्कुलकी दिक्षा संजेल र काठमाण्डौं मोडेल कलेजका ऋषि कुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । 
 
रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौं एसिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तर्रा्ष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्युट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली विद्यार्थीले प्रस्तुती दिएका थिए । 
 
गत महिना नेपाल पोलिमर इन्ष्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो । सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए । सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको